नियम १६४
वैदेशिक तालीममा पठाउने
: प्रहरी कर्मचारीलाई वैदेशिक तालीमका लागि मनोनयन गर्दा सङ्गठनक  आवश्यकता, सेवा विशिष्टीकरण, जेष्ठता, अनुभव, शैक्षिक योग्यता, कार्यसम्पादन क्षमता र दक्षताका आधारमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागको प्रहरी अतिरिक्त महानिरीक्षकको अध्यक्षतामा गठित समितिले सम्भाव्य उमेदवारको नाम प्रहरी महानिरीक्षकसमक्ष सिफारिस गरी प्रहरी महानिरीक्षकले नेपाल सरकारसमक्ष पेश गर्नुपर्नेछ । यसरी विदेश तालीममा छनौट गर्दा योग्य प्रहरी कर्मचारीहरूमध्येबाट कसैलाई भेदभाव नगरी सहभागी हुने समान अवसर पाउने गरी छनौट गरिनेछ ।